पोखरा – मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह तीनदिने भ्रमणका लागि नेपाल आइपुगेकी छिन्।बिहीबार मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी हुन्।
मिस वर्ल्ड संस्था र हिडन ट्रेजरको २३ वर्ष लामो सम्बन्ध क्रममा मिस वर्ल्डले नेपाल भ्रमण गर्न लागेको यो पहिलोपटक हो।जमैकाकी टोनी नेपाल भ्रमण क्रममा सिन्धुपाल्चोक र मकवानपुर जाने कार्यक्रम छ।
उनी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको प्रोजेक्ट हेर्न सिन्धुपाल्चोकको हेलम्बु जाने कार्यक्रम रहेको हिडन ट्रेजरले जनाएको छ। उनी अघिल्लो वर्षकी मिस नेपाल शृंखला खतिवडाको प्रोजेक्ट हेर्न मकवानपुर पनि जाने छिन्।