logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आफ्नो अफिस क्‍वारेन्टाइनका लागि दिने शाहरुखको घोषणा


  • एजेन्सी
  • सोमबार, चैत्र २४ २०७६

भारतीय चलचित्र अभिनेता शाहरुख खानले आफ्नो कार्यालय क्‍वारेन्टाइनका लागि सर्वसाधारणलाई उपलब्ध गराउने बताएका छन्। उनले आफ्नो कार्यालयका चार वटा फ्लाट क्‍वारेन्टाइनका लागि दिने बताएका हुन्।

शाहरुखले क्‍वारेन्टाइनका लागि कार्यालय उपलब्ध गराउने कुराको जानकारी बृह्नमुम्बई महानगरपालिकाले ट्वीटर मार्फत जानकारी दिएको हो।

‘आफ्नो व्यक्तिगत कार्यालय क्‍वारेन्टाइन सेन्टर बनाउने प्रस्तावका लागि हामी शाहरुख खान र गौरी खानलाई धन्यवाद दिन चाहन्छौँ’, महानगरको ट्वीटरमा लेखिएको छ, ‘यो वास्तवमै सही समयमा लिइएको विवेकपूर्ण सही फैसला हो।’

त्यसलाई शाहरुखले रिट्वीट गर्दै महानगरलाई यस घडीमा सहयोग गर्न पाउँदा गर्व बोध भएको बताएका छन्।

उक्त क्‍वारेन्टान सेन्टरमा बालबालिका, महिला तथा पाकाहरूलाई राखिने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार