logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सरोज खनालसहित ३ सय जना अमेरिका पुगे


  • राजनीति
  • मंगलबार, चैत्र २५ २०७६

कोरोनाले बिश्व आक्रान्त बनेको बेला नायक सरोज खनाल अमेरिका उडेका छन् । उनी अमेरिकी नागरिकको रुपमा आइतबार चाटर्ड विमानबाट उडेकोमा आज विहान उनी चढेको विमान अवतरण हुँदैछ ।

यसअघि अमेरिका जाने योजना गर्दागर्दै उनी नेपालमा नै अड्कीएका थिए । उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएको छ । खनाल भने लामोसमय अमेरिकाको बसाईपछि नेपाल फर्किएर अभिनयसँगै ब्यापार समेत गर्दै आएका थिए । लकडाउनले उनको पोल्ट्री फार्ममा पनि असर गरेको छ । विमानमा नेपाली मुलका अमेरिकनहरु समेत रहेका छन् ।

नेपालमा रहेका आफ्ना ३ सय बढी अमेरिकन नागरिकलाई लिएर चार्टड विमान उडेको थियो । अमेरिकी समय अनुसार साँझ ११ बजेर २५ मिनेट जाँदा वासिंटन डिसी मेट्रो एरियामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण भएको थियो ।

अमेरिकी सरकारकाले नेपालमा रहेका आफ्ना नागरिकलाई अमेरिका ल्याउनका लागि चार्टड गरेको यो दोश्रो विमान हो । यस अगाडि ३०२ जना अमेरिकनलाई बोकेर नेपालबाट चार्टड विमान अमेरिका आइसकेको छ । बाँकी रहेकाहरुलाई हिजो लगेको हो ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासको पहलमा अमेरिकी विदेशमन्त्रालयले कतार एयरवेजको विमान चार्टड गरेको हो । उक्त विमान दोहा हुँदै अमेरिका गएको हो ।

अमेरिकी दूतावासले भनेको छ – ‘यो सबै नेपालस्थित अमेरिकी मिशनका सबै सदस्यहरूले अमेरिकन सिटिजन सर्भिसेजको लागि गरेको लगातार मेहेनत र नेपाल सरकारका विभिन्न निकायहरूको अत्यन्तै सकृय सहयोगको प्रतिफल हो। यस्ता संकटको घडीमा अमेरिकी नागरिकहरूको सकुशलता नेपालस्थित अमेरिकी मिशनको पहिलो प्राथमिकता हो। हामी यात्रारत सबैलाई शुभयात्राको कामना गर्दछौं।’-

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार