logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अमिताभले ‘आँखाको ज्योति गुम्न लाग्यो भन्दै आमालाइ यसरी सम्झिए’


  • एजेन्सी
  • सोमबार, बैशाख १ २०७७

बलिउडमा महानायकको रुपमा परिचित अमिताभ बच्चनले आफ्नो आँखाको ज्योति केही दिनमा नै पूर्ण रुपमा गुम्ने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् । अमिताभले शुक्रबार आफ्नो ब्लगमा यस्तो चिन्ता पोखेका हुन् । अमिताभले लेखे, ‘मैले तस्बिरहरु धमिलो देख्न थालेको छु । कतिपटक सामानहरु दुईवटा पनि देख्ने गरेको छु । पछिल्ला केही दिनदेखि म यो तथ्यलाई मान्न थालेको छु कि मेरो आँखाको ज्योति हराउनेछ र पहिले देखि नै मभित्र चलिरहेका लाखौं रोग वृद्धि हुनेछन् ।’

आमाको तरिकाले पाए आरामः

ब्लगमा अमिताभले आफ्नो बाल्यकाल पनि याद गरे जब उनकी आमा तेजी बच्चनले आँखाको चोट लाग्दा कसरी उनको उपचार गर्ने गर्थिन् । अमिताभले लेखे, ‘आज मलाई ती दिन याद आइरहेका छन् जब मेरो आँखामा चोट लाग्दा आमाले आफ्नो साडीको सप्कोलाई डल्लो बनाएर त्यसमा फुकेर मेरो आँखामा राखिदिनुहुन्थ्यो । र समस्या तुरुन्त हट्थ्यो । अब म आमाको यही तरिका अपनाइरहेको छु । मैले तातो पानीमा रुमाल भिजाएर आफ्नो आँखामा राखेँ ।’

डाक्टरले अन्धो हुन नदिन बचन दिएका छन्ः

बिग बीले लेखे, ‘मेरा डाक्टरले मलाई विश्वास दिलाएका छन् कि उनले मलाई कहिले पनि अन्धो हुन दिने छैनन् । मैले सधैं डाक्टरको सल्लाह अनुसरण गर्दै आएको छु । उनले दिएको आईड्रप हरेक घण्टा हाल्छु । उनले भनेका छन्, मेरो आँखाको ज्योति हराउने छैन । म आफ्नो धेरै समय कम्प्युटरको स्क्रिन अगाडि बिताउँछु र डाक्टरले यो यसैको नतिजा बताएका छन् । र आमाको पुरानो तरिकाले निकै काम गरेको छ । अब म वस्तुहरु देख्न सक्ने भएको छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार