राजनीति
हिन्दु महिलाहरुको चाड तीज नजिक आउदै गर्दा तिज सग जोडिएर बिभिन्न गित संगित बजारमा आउने क्रम बाक्लिएकै छ । मुलकमा रहने हुन या मुलुकबाहिर बस्नेहुन सबैलाइ नेपाली चाडवाडले छुन्छ नै ।
यतिखेर सबैतिर रहेका नेपालीहरु यस्ता गीत बज्ने र बनाउने गरेका छन् । यस्तैमा अष्ट्रेलियामा रहेकी गायिका सीता रसाइली विश्वकर्माले पनि तीजको एक गीत बनाएकी छन् । ‘बर्ष दिन बितेको’ बोलको उक्त गीत आकर्षक भिडियोसहित सार्वजनिक गरिएको छ ।
लोकशैलीमा निर्माण भएको गीतमा अघिल्लो तिज बितेर पनि दोस्रो तिज आएको, वर्ष दिन बितेको आफुले पत्तो नपाएको, फेरि तीजको चहल पहल बढेको, अघिल्लो वर्षमा धेरै कुराको अनुभव गरेको र अहिलेको तिजमा पनि धेरै नयाँ कुराको अनुभुव हुने कुरा गीत मार्फत गायिकाले राखेकी छन् ।
अन्जली अधिकारी, बन्दना नेपाल, उषा घिमिरे लगायतको अभिनय रहेको गीतको भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा दुर्गा पौडेलको छायाँकन, नविन घर्तिमगरको सम्पादन रहेको छ ।