logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

दिपाश्री निरौलाको धर्म बा को निधन


  • राजनीति
  • बुधबार, जेष्ठ ३० २०७५

नेपाली फिल्मी क्षेत्रका बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती २ बजे उनको निधन भएको हो । उनको घरमै निधन भएको हो । उनको ९२ वर्षको हुनुहुन्थ्यो । लामो समयदेखि विभिन्न रोगका कारण पिडित रहेका थापाको अस्पतालमा उपचार भैरहेको थियो । थापाले , आफूलाई घरमै लैजानका लागि आग्रह गरेपछि उनलाई घरमा लगिएको बताइएको छ ।

थापा, हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि झन बढि चर्चित बनेका थिए । उनी, निर्देशक तथा कलाकार दीपाश्री निरौलाका ‘धर्म बा’ समेत थिए । भिमबहादुर र दीपाश्रीले सिरियल ‘देवि’देखि नै काम गरेका थिए । उनले, थुप्रै नेपाली चलचित्रमा समेत काम गरेका छन् । तर, पछिल्ला केही बर्षदेखि रोगले थलिएपछि थापाले चलचित्र अभिनय कम गरेका थिए ।

थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिनेछ । त्यसअगाडि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ । पोखरामा चलचित्र ‘छक्का पन्जा ३’को छायांकनको क्रममा रहेकी निर्देशक दीपाश्री निरौला आफ्ना ‘धर्म बा’को निधनपछि काठमाण्डौ आउँदैछिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार