logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

ओलीले पाए उत्कृष्ट गितकारकाे प्रमाणपत्र, यस्तो छ गित


  • राजनीति
  • बिहिबार, चैत्र ५ २०७७

नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्कृष्ट गीतकारको प्रमाणपत्र प्रदान गरिएको छ । प्रधानमन्त्री ओलीले रचना गरेको ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि काठमाडौमा आयोजित एक कार्यक्रममा उत्कृष्ट गीतकारको प्रमाणपत्र हस्तान्तरण गरिएको निर्देशक मोहन निरौलाले जनाए ।

उनकाअनुसार कार्यक्रममा प्रमाणपत्र प्रधानमन्त्रीको प्रतिनिधिकारुपमा चलचित्र निर्देशक बिश्वदीप घिमिरेले बुझेका थिए । प्रधानमन्त्री निवास बलुवाटार पुगेर चलचित्रकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमिरे र वरिष्ठ चलचित्रकर्मी लेखक, निर्देशक मोहन निरौलाले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, युवानेता रमेश पौडेलको संयोजनमा तयार गरिएको उक्त गिती एल्बममा मेलिना राई र शान्तिराम राईको स्वर तथा संगीत रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार