राजनीति
नेपालमा प्रतिबन्ध रहेको सट्टेबाजी गर्ने अनलाइन बेटिङ एप वान एक्स बेटको प्रचारमा संलग्न रहेको आरोपमा कलाकार राजु मास्टर सहित ८ जना पक्राउ परेका छन ।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले कलाकार राजु मास्टरसहित बल्छी धुर्वेका नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ, म्याकुरी नामले चिनियका पवन खतिवडालाई पक्राउ गरेको हो ।
उनीहरूसँगै अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, ढुेडु बुढोले चिनिएका सरोज घिमिरे, भटभटे माइलाको नामले चिनिएका बेगम नेपाली पनि पक्राउ परेका छन् ।
उनीहरुले अवैध ‘वानएक्स बेट’ खेल्न प्रोत्सहान गर्ने उद्देश्यले विज्ञापन प्रसारण गर्नेदेखि अभिनय समेत गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।