राजनीति
काठमाडौंका हलहरुले भारतीय फिल्म आदिपुरुषको बिहानी शो रोकेका छन ।
बिहिवार जानकी भारतीय छोरी हुन भन्ने संवादलाई लिएर विवाद उत्पन्न भएको थियो । सेन्सर बोर्डले उक्त संवाद हटाएपछि फिल्म चलाउन अनुमति दिएको थियो ।
सेन्सर बोर्डले अनुमति दिएपनि दर्शकहरूमा देखिएको आक्रोश र असुरक्षाको कारण बिहानी शो रोकिएको क्युएफएस्कीले जनाएको छ ।
यहा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जानकी भारतीय छोरी हुन भन्ने संवादलाई भारतमा समेत नहटाए उपत्यकामा कुनै पनि हिन्दि फिल्म चल्न नदिने चेतावनी दिएका छन् ।
यस विषयमा हाल चलचित्र बोर्डमा छलफल भैरहेको बताइएको छ ।