logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सकम्बरीकी कुसुम फिल्म खेल्दै


  • राजनीति
  • बुधबार, असार ६ २०८०

चर्चित गायक प्रकाश सपुतको पछिल्लो गीत सकम्बरीको भिडियोमा अभिनय गरेर चर्चामा आएकी कुसुम शर्माले फिल्ममा अभिनय गर्ने भएकी छन् ।

कुसुम दिनेश श्रेष्ठको निर्देशनमा निर्माण हुनलागेको फिल्म सन्जिवनिबाट डेब्यू गर्न लागेकी हुन् । निर्देशक श्रेष्ठले मंगलबार सामाजिक सन्झाल मार्फत पोष्टर सार्वजनिक गर्दै कलाकार चिनाएका हुन । जसमा अभिनेत्रीमा कुसुम र अभिनेतामा आर्यान सिग्देल छन् ।

पोष्टरमा आर्यानले कुसुमलाई स्कुटरमा कतै घुम्न लगेको देख्न सकिन्छ । यस फिल्मको छायांकन आगामी भदौबाट हुने निर्माण पक्षले जनाएको छ ।

यस फिल्ममा कुसुम र आर्यानका साथै अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठ लगायत मुख्य भूमिकामा रहनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार