राजनीति
गायक प्रकाश सपुतमाथि रोमानियामा स्टेजमा प्रस्तुति दिइरहेकै बेला स्टेजमै बोतल प्रहार भएको छ ।
सामाजिक सन्जालमा भाइरल भएको भिडियोमा प्रकाशले गीत गाइरहेकै बेला एक दर्शकले उनिमाथि बोतल प्रहार गरेका छन् ।
आइतबार राति स्टेजमा गाइरहेको बेला प्रकाशमाथि आक्रमण भएको हो । घटनापछि कार्यक्रम केहिबेर बिथोलिएको थियो ।
केहि बेरपछि प्रकाशले प्रस्तुति दिएका थिए । बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको आयोजकले जनाएको छ ।