logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

क्यानलासहित म्याद थप्न अदालत पुगे अभिनेता केसी


  • राजनीति
  • आइतबार, असोज १४ २०८०

अभिनेता अनमोल केसीलाई प्रहरीले म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएको छ । उनलाई म्याद थप गर्न लैजान टेकुस्थित काठमाडौं प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय लगिएको हो ।

स्वास्थ बिग्रेको भन्दै अस्पताल चर्ना भएका अभिनेता केसीकाे हातमा क्यानला लगाएर अदालत पुगाइएमाे थियाे । आपराधिक विश्वासघातको आरोपमा उनलाई शुक्रबार दिउँसो साँगाबाट पक्राउ गरिएको थियो ।

एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि‘‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध आपराधिक विश्वासघात गरेको भन्दै अपराध महाशाखा बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका थिए ।

शुक्रबार नै केसी चिरायु अस्पताल भर्ना भएका थिए । पक्राउ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार