राजनीति
काठमाडौं । गायक नरेश खाती र गायीका एलिना चौहानको स्वरमा रहेको नयाँ म्युजिक भिडियो ‘राजा’ सार्वजनिक भएको छ ।
पछिल्लो समय दर्शक स्रोताको मन मुटुमा बस्न सफल सर्जक खातीले आफ्नै अफिसियल युट्युब च्यानल मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट ‘राजा’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतको भिडियोमा नायक पल शाह र नायिका गरिमा शर्माले अभिनय गरेका छन् ।
काठमाडौंमा छायांकन गरिएको गीतको भिडियोमा बालकलाकारको पनि सहभागीता रहेको छ । बालकलाकारमा प्रिन्स बम, शान अधिकारी, हिमान्शु शाही र देश्मा देवकोटाले अभिनय गरेका छन् ।
विक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा अन्य धेरै कलाकारको सहभागीता रहेको छ । ‘राजा’ बोलको यस गीतले नेपालको मौलिकतालाई झल्काएको छ ।