logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

पशुपति शर्माले ल्याए व्याङ्ग्यात्मक गीत ‘झोले त तैँ, झोले त मै’ (भिडियो)


  • राजनीति
  • बिहिबार, असार ५ २०८२

काठमाडौं । कलाकार पशुपति शर्माको राजनीतिक र सामाजिक व्यङ्ग्य गरिएको नयाँ गीत सार्वजनिक भएको छ। ‘झोले त तैँ, झोले त मै’ बोलको गीतमा शर्माकै स्वर, शब्द तथा संगीत रहेको छ।

समग्रमा रमाइलो शैलीमा तयार यो गीतले खराब व्यक्ति, प्रवृत्तिका साथै नयाँ तथा पुराना राजनीतिक दलका नेताहरुमाथि तीखो व्यङ्ग्य गरिएको छ। यसका अलावा गीतले देशमा कर्मचारी र नेताहरूले गरिरहेको भ्रष्टाचार र घुसखोरीको विषयलाई सटिक तरिकाले प्रहार गरेको छ।

यो गीतमा पशुपतिको एकल स्वर छ भने यसको शब्द र संगीत पनि उनकै हो। गीतको भिडिओमा पशुपति स्वयंले अभिनय गरेका छन्। उनीसँगै जेरी भण्डारी भिडिओमा देखिएका छन्।

जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडिओमा नवराज उप्रेतीको छायांकन, सुजन कोइरालाको सम्पादन छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार