logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ १० करोड पटक हेरियो


  • राजनीति
  • शनिबार, असार ७ २०८२

काठमाडौं । चर्चित गायक दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ १० करोड पटक हेरिएको छ ।

गीत रिलिज हुँनासाथ चर्चामा आएको थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ ले युट्युबमा ५ महिनाको छोटो समयमा १० करोड पटक हेरिएको हो । रिलिजको केही समयपछि युट्युबको ग्लोबल टे«डिङमा आएको यो गीत बाट गायक थापा फेरि चर्चामा आएका थिए ।

यो गीतमा दुर्गेश थापाको आफ्नै शब्द तथा संगीत रहेको छ । स्वरमा दुर्गेशसँगै पछिल्लो सयमा निकै रुचाइएका गायीकाद्धय समिक्षा अधिकारी र एलिना चौहानले स्वर दिएकी छिन् । गीतको अन्तमा गायक आनन्द कार्कीले पनि स्वर दिएका छन् ।

गीतको भिडियोमा दुर्गेशसँगै अभिनेत्रीद्धय प्रियंका कार्की र कविता नेपाली लगायतले अभिनय गरेका छन् ।

युट्युबमा १० करोड ७१ हजार १०६ पटक हेरिएको गीतमा १९ हजार ९३२ प्रतिक्रिया आएका छन् भने ६ लाख ५४ हजारले लाइक गरेका छन् ।

‘दुश्मन हेरेको हेर्‍यै’ ले चौतर्फी चर्चा पाएपछि गायक दुर्गेश थापा पछिल्लो स्टेज कार्यक्रमा व्यस्त छन् ।

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार