राजनीति
काठमाडौं । नेपाली चलचित्र ‘माग्ने राजा’ को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक गरिएको छ ।
मंगलबार सार्वज्निक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र वर्षा शिवाकोटी फिचर्ड छन् । गीतमा चर्चित गायीका रचना रिमाल र सविन सुवेदीले स्वर दिएका छन् ।
दीपक शर्माको शब्द तथा संगीत रहेको ‘त्यो मिठो जोवन’ को भिडियोमा माया प्रेमको कुरा गरिएको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । ऋषी लामिछानेको निर्देशनमा बनेको ‘माग्ने राजा’ को प्रस्तुतकर्ता मुनाल घिमिरे हुन् ।
फिल्ममा केदार र वर्षासहित विल्सनविक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल, पवित्रा साँकी (मिस पवी) लगायतका कलाकारको अभिनय रहेको छ । ‘माग्ने राजा’ भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।