logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

‘जनै हराएको मान्छे’ को ट्रेलरमा कोरिया जानेहरुको सपना बोकेको कथा (भिडियो)


  • राजनीति
  • मंगलबार, असार ३१ २०८२

काठमाडौं । नेपाली कथाकन चलचित्र ‘जनै हराएको मान्छेः सम्बधका धागाहरु’ को ट्रेलर सार्वजनिक भएको छ।

मंगलबार सार्वजनिक भएको ट्रेलरमा अभिनेता विजय बराल, अभिनेत्रीद्धय केकी अधिकारी र मेरुना मगर लगायतको अभिनय रहेको छ।

सार्वजनिक ट्रेलरमा मुख्यतया नेपालका दूरदराजका गाउँहरूबाट सहरमा आएर कोरियन भाषा सिक्ने र तत्पश्चात कोरिया उठ्नेहरूको सपना, संघर्ष, दुःख प्रेम र धोकाको कथालाई केन्द्रमा राखेर देखाउन खोजिएको छ ।

अभिनेता बरालले सीतारामको पात्रका नाममा अभिनय गरेका छन्। उनले कोरिया जानको लागि आफ्ना गाउँका बाउआमालाई मनाउनको लागि गरेको दुःख, कष्ट सहित कोरिया उड्ने सपनाले राजधानी छिरेका र राजधानीमा कोरियन भाषा पढ्दा र आफन्तहरुले दिएको दुःख, कष्ट, ठगीको बारेमा देखाइएको छ

यसै सन्दर्भमा बसेको माया, प्रेम र त्यसपश्चात् सुख लगायतका विषय पनि ट्रेलरमा उजागर गरिएको छ।

‘जनै हराएको मान्छेमाः सम्बन्धका धागाहरु’ मा विजय, केकी र मेरुनासहित भोलाराज सापकोटा, गौरव पहाडी, कविता आली लगायतलाई फिल्मको मुख्य भूमिकामा देख्न सकिन्छ।

पेपरक्लिकको ब्यानरमा निर्माण भएको ‘जनै हराएका मान्छेः सम्बन्धका धागाहरू’ को निर्माता कमल न्यौपानी र बिमल न्यौपानी हुन् । यसलाई फिल्मको निर्देशन हिमाल न्यौपानेले गरेका छन् ।

फिल्म, कथा, टकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त शिवाकोटी संगीत भरेका छन्।

निर्माण टिमले ‘जनै हराएका मान्छेः सम्बन्धका धागाहरू’ लाई तीजको छेको पारेर भदौ ६ गते देशैभरिका हलहरुमा प्रदर्शन गर्ने घोषणा गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार