logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

रचना, एलिना र इन्द्रकलाको स्वरमा नयाँ तीज गीत ‘बामरी बसायो’ सार्वजनिक


  • राजनीति
  • सोमबार, साउन ६ २०८२

काठमाडौं । गायिका रचना रिमालको प्रस्तुतीमा नयाँ तीज गीत ‘बामरी बसायो’ ल्याएकी छिन् ।

रचनासँगै गीतमा एलिना चौहान र इन्द्रकला राईले स्वर भरेकी छिन् । गीतमा पछिल्लो समयका चर्चित गायिकाहरू रचना, एलिना र इन्द्रकालाले स्वरसहित गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ ।

गीतको भिडियोमा रचना, एलिना र इन्द्रकला तीन जनासँगै अनुपा बिस्ट लगायतको नित्यृ रहेको छ । वेब नेपाल स्टुडियोमा रेकर्ड गरिएको ‘बामरी बसायो’ को संगीत संयोजन नरेन्द्र बियोगिले गरेका हुन् ।

गीतमा नेपाली नारीहरूको महान चाडस हरितालिका तीजमा नारीहरुले गाउने, रमाउने, रहरका कुरा र माइतीहरू लिन आउने लगायतका विषयहरुको प्रसंगलाई कलात्मक रुपमा चित्रण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार