logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

‘जनै हराएको मान्छे’ को गीत ‘मसुरीको दाना’ सार्वजनिक (भिडियोसहित)


  • राजनीति
  • आइतबार, साउन १२ २०८२

काठमाडौं । नेपाली कथाकन चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को गीत ‘मसुरीको दाना’ सार्वजनिक भएको छ ।

‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ । सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीलगायत कलाकारलाई देख्न सकिन्छ ।

प्रेमिल जोडीको कथा गीतमा छ । दुनियाँको मन जित्ने व्यक्ति आफ्नै व्यक्तिगत सवालमा भने कुनै टुंगो नहुने वास्तविकतासँगै गीत सुरु हुन्छ ।

टिपिकल शब्द प्रयोग गरिएको गीतमा प्रेमिकाले आफू प्रेमीका लागि योग्य रहेको बताएको छ । प्रेमीको हेराइले हुरुक्कै पार्ने गरेको प्रसंग उल्लेख गर्दै एकले अर्कोलाई जिन्दगी सँगै जिउन गरेको सल्लाह गीतमा उल्लेख छ ।

चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’ मा विजय, केकी र मेरुनासहित भोलाराज सापकोटा, गौरव पहाडी, कविता आली लगायतलाई फिल्मको मुख्य भूमिकामा रहेको छ ।

पेपरक्लिकको ब्यानरमा निर्माण भएको ‘जनै हराएका मान्छेः सम्बन्धका धागाहरू’ को निर्माता कमल न्यौपानी र बिमल न्यौपानी हुन् । यसलाई फिल्मको निर्देशन हिमाल न्यौपानेले गरेका छन् ।

फिल्म, कथा, टकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त शिवाकोटी संगीत भरेका छन्।

निर्माण टिमले ‘जनै हराएका मान्छेः सम्बन्धका धागाहरू’ लाई तीजको छेको पारेर भदौ ६ गते देशैभरिका हलहरुमा प्रदर्शन गर्ने घोषणा गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार