logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

‘बुकी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक


  • राजनीति
  • शनिबार, साउन १८ २०८२

काठमाडौं । चलचित्र ‘बुकी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फर्स्ट लुक सार्वजनिक गरेको हो ।

पोस्टरमा एक बुकीको फूल देखाइएको छ भने चौरमा सात जना महिलाहरूले फुटबल खेलिरहेका छन् । बुकी हिमाली क्षेत्रका पाटनमा वर्षायामको समयमा फूल्ने गर्दछ ।

प्रकाश आले र राजन केसी कार्यकारी निर्माता रहेको यो चलचित्रको निर्मातामा लक्ष्मण सापकोटा, अमिसा काउचा थापा र रमेश थापा रहेका छन्।

कलाकारहरूमा सुरक्षा पन्त, देवेन्द्र बब्लु, सानी कार्की, प्रकाश घिमिरे, गानु जोशी, अनु दाहाल लगायतका अभिनय रहेको छ । चित्रको छायाङ्कन काठमाडौँ पोखरा र बाग्लुङको ढोरपाटन लगायत क्षेत्रमा गरिएको छ ।

प्रदर्शन मिति तय नभएको यस चलचित्रलाई निर्माण पक्षले २०२६ भित्र रिलिज गर्ने तयारी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार