logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक


  • राजनीति
  • शनिबार, साउन ३२ २०८२

काठमाडौं । एक्सन, ड्रामा र राजनीतिले भरिएको बहुप्रतीक्षित नेपाली फिल्म ‘बलिदान’ को टिजर आज सार्वजनिक गरिएको छ। टिजरमा दमदार एक्सन, गहिरो ड्रामा र देशभक्तिपूर्ण भावनाले भरिएको कथा झल्किन्छ ।

केही बेर अघि सार्वजनिक गरिएको एक मिनेट ५० सेकेन्डको टिजरमा कथावस्तुको मुख्य सारलाई देखाउने प्रयास गरिएको छ। टिजरको प्रारम्भ नै दमदार सम्वाद “देशको एक हिस्सा बैरीहरुको निशानामा छ । अब यिनिहरुलाई रोक्न असम्भव छ ।” बाट सुरु गरिएको छ ।

फिल्म बलिदानमा देश, समाज र व्यक्तिगत जीवनबीचको द्वन्द्वलाई चित्रण गर्ने प्रयास गरिएको देखिन्छ। सार्वजनिक गरिएको टिजरमा देशप्रेम, संघर्ष र न्यायको खोजीलाई प्रमुख विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ।

टिजरको प्रारम्भमै दमदार संवाद र एक्सन दृश्यहरूले दर्शकलाई तान्ने प्रयास गरिएको छ। अभिनेत्री ऋचा शर्माको संवाद टिजरको भावनात्मक केन्द्रविन्दु बनेको छ । फिल्मको मुख्य आकर्षकका रुपमा अभिनेता समीर भट्टलाई ‘एक्सन किङ’ का रुपमा भयानक र शक्तिशाली देख्न सकिन्छ ।

“यो आमा न लाचार छ । न त यो आमाको कोख नै खाली छ । यो आमाले छोरा मात्रै होइन योद्धा पनि जन्माएको छ ।” समिरको यो संवादले उनी देशका लागि ज्यान अर्पण गर्न तयार रहेको समेत देखाइएको भनेर बुझ्न सकिन्छ ।

टिजरमा प्रयोग गरिएको सिनेमाटोग्राफी, पृष्ठभूमि संगीत र संवादले फिल्मप्रति उच्च स्तरको अपेक्षा सिर्जना गरेको छ।

पवन ब्राण्ड फोर्ड विष्ण निर्माता र प्रमेम पुरी कार्यकारी निर्माता रहेको बदिलान फिल्मको निर्देशन निर्देशक सन्तोष सेनले ले गरेका छने भने प्रमुख भूमिकामा अभिनेता समिरसँगै सोगात मल्ल, अपर्ण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरी, कविता राय, सन्तोष सेन लगायत कालाकारहरुको अभिनय रहेको छ ।

सामाजिक सन्देश, देशभक्ति र भावनात्मक सम्वेदनालाई समेटेको यो फिल्मले दर्शकको मन जित्ने विश्वास लिइएको छ। निर्माण टिमले ‘बलिदान’ लाई फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार