logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक (भिडियो)


  • राजनीति
  • बुधबार, भाद्र ११ २०८२

काठमाडौं । फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ ।

ओएसआर डिजीटल युट्युब च्यानलबाट केही बेर अघि सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथावस्तु, चरित्र चित्रणसहित अन्य आयामलाई दर्शााउने प्रयास गरिएको छ । एसएम पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् ।

दिपेन्द्र के खनालद्धारा निर्देशित ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, दिव्या देव पन्त, हरिहर शर्मा, रोशनी (अम्बिका) सापकोटा, पार्वती कुमारी भण्डारी, दिनेशतामोहन, दिनेशनाथ कांपाले आचार्य, किरण केसी, बेगम नेपाली, प्रभाकर न्यौपाने, तारा शर्मा, राजाराम पौड्याल, कमलमणि नेपाल, निर्मल शर्मा, अंशु महर्जन, सपना श्रेष्ठलगायतको अभिनय रहेको छ ।

प्रकश सपुत, वसन्त सापकोटा र दिपक शर्माको संगीत रहेका फिल्मको गीतमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईले स्वर भरेका छन् ।

निर्माण टिमले ‘हरिबहादुरको जुत्ता’ दशैको फूलपातीको अवसर पारेर असोज १३ गते देशै भरी तथा अन्तर्राष्ट्रिय रुपमा प्रदर्शनको मिति घोषणा गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार