राजनीति
काठमाडौं । फिल्म ‘जेरी अन टप’ को नयाँ गीत ‘कस्तुरी’ सार्वजनिक भएको छ।
घटस्थापनाको अवसरमा सार्वजनिक गरिएको गीत ‘कस्तुरी’ मा आशिष गहजुर सदिक्षा कस्टेलको स्वर रहेको छ । भने जेनजी वाइबाको शब्द रहेको छ ।
गीतको भिडियोमा अभिनेता अनमोल केसी र अभिनेत्री आचल शर्मा सहितको अभिनय रहेको छ।
सुयोग गुरुङको निर्देशनमा तयार भएको जेरी अन टपमा अनमोल र आँचलसँगै अभिनेत्री जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी, उषा खड्की र सुरक्षा पन्त लगायतको अभिनय रहेको छ।
चलचित्र ‘जेरी अन टप’ असोज ३१ गतेबाट प्रदर्शनमा आउनेछ।