राजनीति
काठमाडौं । टिकटकमार्फत् चर्चित भएकी मोडल आँचल नाथको निधन भएको छ ।
केही दिन अघि काठमाडौंस्थित उनको कोठमा अज्ञात व्यक्तिहरुले उनीमाथि पेट्रोल छर्किएर आगो लगाएको भन्ने खबर बाहिरिएको थियो । उक्त आगलागीबाट उनी गम्भीर घाइते भएकी थिइन् ।
घाइते उनलाई उपचारको लागि केएमसी अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा शनिबार निधन भएको रामनाथ योगीले जानकारी दिए । प्राप्त जानकारी अनुसार आँचलको करिब ८० प्रतिशत शरीरको भाग जलेको थियो ।
आँचलको परिवारले घटनाबारे निष्पक्ष रुपमा छानबिन हुनुपर्ने बताएको छ ।