logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

‘द ब्ल्यू लाइट’ को गीत ‘दुई अक्षरको माया’ सार्वजनिक


  • राजनीति
  • बिहिबार, माघ १६ २०८२

काठमाडौं । चलचित्र ‘द ब्ल्यु लाइट’ ले प्रदर्शनको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक गरेको छ ।

‘दुई अक्षरको माया’ बोलको गीतमा प्रवेश राईको स्वर, डिपी खनालको शब्द र एसडी योगीको संगीत रहेको छ । गीतमा प्रेम र सम्बन्धको कथालाई नकै रोचक रुपमा प्रस्तुत गरिएको छ ।

प्रेम र आशंकासँगै माया बुझ्न कठिन हुने यथार्थलाई गीतमा समेटिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अपर्ण थापा र बेनिशा हमालको अभिनय रहेको छ । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको प्रि बुकिङ समेत खुल्ला भएको छ ।

‘द ब्ल्यू लाइट’ मा अपर्ण र बेनिशासँगै शृष्टि श्रेष्ठ, आयुषमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा रहेका छन् । बाल कलाकारमा गृश्मा कटुवाल र साहारा शर्मा छन् । चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार