logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

कलाकार बलेमाथि बालात्कारको आरोप


  • राजनीति
  • शुक्रबार, चैत्र २० २०८२

काठमाडौं । चर्चित हास्य कलाकार सागर लम्साल बलेमाथि बलात्कारको गम्भीर आरोप लागेको छ ।

हाल अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत् आफूमाथि भएको जघन्य अपराध र त्यसले निम्त्याएको मानसिक आघातको खुलासा गरेकी छिन् । पीडित युवतीका अनुसार यो घटना एक वर्ष अघिको हो ।

बले अमेरिका गएको बेला अपार्टमेन्टमै आएर जबरजस्ती करणी गरेको उनको दाबी छ । आफु सानै उमेरदेखि डिप्रेसन र एनजाइटी डिसअडरसँग जुधिरहेको बेला दाइ मानेको व्यक्तिबाट घृणीत कार्य भएको उनले उल्लेख गरेक छिन् ।

बले र आफूबीच भेट भएपछि उनले आफू बस्ने अपार्टमेन्ट हेरौं भनेपछि अपार्टमेन्टमा लिएर गएको र त्यहाँ आफूले आफ्नो स्वास्थ समस्यासहित संघर्ष, दुःख, कस्ट सबै विषयमा बताएको युवतीको भनाई रहेको छ ।

जसलाई आफूले दाई मानेको र आफ्नो परिवारले विश्वास समेत गरेको व्यक्ति वास्तवमा राक्षस रहेको र आफु बलातकृत भएको उनले उल्लेख गरेकी छन् । उनले सागर लम्साल बलेलाई सामाजिक सञ्जाल फेसबुकमा ट्याग गर्दै कसैको जिवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ? भन्दै प्रश्न समेत गरेकी छिन् ।

परिवारलाई आफूले भन्न चाहे पनि त्यो अवस्थामा परिवार नै टुट्छ की भन्ने डर लागेको उनको भनाई रहेको छ ।

यस्तो छ ती युवतीले बलेमाथि लगाएको गम्भीर आरोपको पूर्णपाठः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार