logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

पूर्व मिस नेपाल खड्कीले दिइन् पूर्वपतिविरुद्ध प्रहरीमा उजुरी


  • राजनीति
  • सोमबार, चैत्र २३ २०८२

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्कीको पूर्वपति जिपी तिमिल्सिनाविरुद्धको विवाद प्रहरीमा पुगेको छ ।

खड्कीले आज जिल्ला प्रहरी परिसर भक्तपुरमा पुगेर पूर्वपतिविरुद्ध उजुरी दिएकी हुन् । उषाले केही दिन अघि सामाजिक सञ्जालमार्फत् आक्रोश पोख्दै आएकी थिइन् । जिपीले आफूलाई घरबाट निस्किन दबाब दिएको उनको गुनासो थियो ।

एउटै घरमा दुई तला भागबण्डा गरेर बस्दै आएका उनीहरुबीच झगडा हुँदै आएको छ । उषाले उजुरी दिएपछि भक्तपुर प्रहरीले दुवैलाई बोलाएर सोमबार छलफलको प्रयास गरेको बताइएको छ ।

प्रहरीमा जाहेरी रहेको र आवश्यक छानबिन हुने जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रकाश जगेबुले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार