logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

चलचित्र ‘लालीबजार’ प्रदर्शन नगर्न उच्च अदालतको अन्तरिम आदेश


  • राजनीति
  • मंगलबार, बैशाख १५ २०८३

काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’ प्रदर्शन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले कारण देखाउ आदेशसहित प्रदर्शन रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र ‘लाली बजार’ को प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।

यम थापाद्धारा निर्देशित चलचित्र बैशाख १८ गतेदेखि प्रदर्शनको तयारी थियो । फिल्म बादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित रहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार