logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कपिल शर्माको विवाहमा सलमान खान र अमिताभ बच्चनलाई मात्र निम्तो


  • राजनीति
  • सोमबार, मंसिर २४ २०७५

भारतीय कमेडियन कपिल शर्माको विवाहको चर्चा चलिरहेको छ ।  उनको विवाहमा बलिउडका केवल अमिताभ बच्चन र सलमान खानलाई मात्र निमन्त्रणा पठाइएको छ ।

अमिताभ बच्चनसँग कपिल शर्माको निकै राम्रो सम्बन्ध रहेको छ । केही समयअघि मात्र पनि कौन बनेगा करोडपतिमा कपिल शर्मा पुगेका थिए । कपिल शर्माले निमन्त्रणा पठाएका अर्का कलाकार शलमान खान हुन् । उनी पनि विवाहको दिन व्यस्त भए पनि उनको विवाहमा सहभागी हुन चाहने भएकाले समय मिलाउनका लागि आफ्नो टोलीलाई आग्रह गरेका छन् ।

डिसेम्बर १२ मा कपिल शर्माको प्रेमिका गिन्नी चतरथसँग विवाह हुन गइरहेको छ । १० डिसेम्बरदेखि उनको विवाहको उत्सव सुरु हुनेछ । १४ डिसेम्बरमा अमृतसारमा उनीहरुको विवाहपछिको भेटघाटको कार्यक्रम रहेको छ । डिसेम्बरको अन्तिममा बलिउडका हस्तीहरुका लागि कपिल शर्माले विवाहको भेट दिने कार्यक्रम राखेका छन् । यद्यपि अझैसम्म त्यसको मिति भने तय भएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार