logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

निन्द्रामा झस्किने समस्या के हाे ? कसरी वचन सकिन्छ ?


  • राजनीति
  • बिहिबार, बैशाख १२ २०७६

Woman Sleeping 2002

निद्रामा झस्किने समस्या के कारणले आउँछ भन्ने कुनै वैज्ञानिक कारण अहिलेसम्म पत्ता लागेको छैन। धेरैमा यो समस्या मनोसामाजिक तथा मानसिक तनावका कारण हुने हुने गर्छ। यस्तो अवस्थामा निद्रा राम्रोसँग नपर्ने, पातलो निद्रा पर्ने, नराम्रो सपना देखिने हुन्छ। कहिलेकाहीं शारीरिक समस्याका कारण पनि निद्रामा झस्कने समस्या आउँछ।

प्रायः मानसिक तनाव भएका, चिन्ताका कारणले निद्रा नलागेका, निन्द्राबाट बारम्बार झस्किएर सुत्न गाह्रो भएका बिरामी अस्पताल आउने गर्छन्। यस्तो समस्या भएका व्यक्तिमा निद्राको बीचबीचमा  बिउँझिने, डर लाग्ने, उठ्दा पसिनै–पसिना हुने र श्वास फेर्न गाह्रो हुन्छ। यो समस्या पुरुषमाभन्दा महिलामा बढी देखिन्छ।

कहिलेकाहीं पहिला कुनै ठूलो घटना भएको छ भने त्यसको झझल्को आएर पनि निद्रामा झस्किने समस्या आउन सक्छ।

निद्रासम्बन्धी रोगको कारणले पनि निदाएका बेला हिँड्ने, बर्बराउने, निदाउन गाह्रो हुने, निदाउन सजिलो भए पनि उठ्ने बेलामा निद्रा नपुग्ने र झस्कने समस्या हुन्छ। रक्सी र लागुऔषधि धेरै खाएमा पनि यस्तो समस्या समस्या आउन सक्छ।

लामो समयसम्म निद्रा लाग्ने औषधिको सेवन गर्नाले पनि यस्तो समस्या आउन सक्छ।

बच्ने उपाए 
निद्रामा झस्कने समस्याबाट बच्नको लागि सुरुमा त के कारणले गर्दा यस्तो भएको हो भन्ने पत्ता लगाएर उपचार सुरु गर्नुपर्छ। रोगको उपचार गरिसकेपछि झस्कने समस्या पनि विस्तारै हट्दै जान्छ।
सुत्ने तालिका बनाउने, एउटै समयमा सुत्ने र उठ्ने।
सुत्ने बेलामा कफी, रक्सी सेवन नगर्ने।
सुत्ने कोठालाई सुत्नको लागि मात्र प्रयोग गर्नुपर्छ। बेडमै बसेर पढ्ने र त्यहीं सुत्ने गर्नाले पनि निद्रामा समस्या उत्पन्न हुन्छ।
सुत्ने कोठाको लाइट, कलर धेरै चम्किलो हुँदा पनि निद्रामा समस्या आउँछ त्यसैले हल्का कलरको प्रयोग गर्ने।
धेरै चिन्ता, तनाव नलिने।
शारीरिक रुपमा स्वास्थ रहने।
दिउँसो सुत्ने बानी छ भने हटाउने। दिनभर आफूलाई काममा व्यस्त राख्ने।
बच्चामा यस्तो समस्या देखिनुलाई सामान्य रुपमा लिनुपर्छ। ठूलो हुँदै गएपछि यो समस्या विस्तारै हट्दै जान्छ। उमेर भइसकेपछि धेरै समस्या भयो भने मनोचिकित्सकसँग परामर्श लिने।
सकभर लामो समयसम्म निद्रा लाग्ने औषधि सेवन नगर्ने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार