logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

सरकार वेखवर : हुम्लामा मौसमी रुघाखोकीबाट ८ जनाको मृत्यु


  • राजनीति
  • शनिबार, बैशाख १४ २०७६

मुगु — हुम्लाको ताजाकोट गाउँपालिकामा मौसमी रुघाखोकीबाट दुई बालकसहित ८ जनाको मृत्यु भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १ देखि ३ मा रुघाखोकीले ८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तुलसी अधिकारीले जानकारी गराए ।
उक्त क्षेत्रमा मौसमी रुघाखोकी भएको र जिल्लाबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर रोग नियन्त्रणमा आइसकेको अधिकारीले बताए ।

कर्णाली प्रदेश अन्तर्गत क्षेत्रिय स्वास्थ्य निर्देशनालयबाट रोग अनुसन्धान गर्न चिकित्सकको टोली आइतबारसम्म प्रभावित क्षेत्रमा पुग्ने प्रमुख जिल्ला अधिकारी दोलकराज ढकालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार