राजनीति
बर्ड फ्लुका लक्षण
बर्ड फ्लु संक्रमित पक्षीहरु दस दिनपछि मर्न थाल्छन्। यस्ता पक्षीको सम्पर्कमा आएका मानिसमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, रुघा लागेजस्तो हुने तर नाकबाट सिगान नबग्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ
बच्ने उपायहरु
छिटो उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
– बच्चाहरालई मृत वा बिरामी पन्छीबाट टाढा राख्ने ।
– कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने मानिसले नांगो हात, खुला नाक मुख गरी मासु चलाउन हुँदैन। कम्तीमा पनिहातमा पञ्जा मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम कम हुन्छ।यसबाहेक मासु काटकुट गरिसकेपछि हात राम्रोसँग साबुन पानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिउका भाँडाकुँडा, ओजार, अचानोलाई राम्रोसँग सफा गरी निर्मलीकरण तथा निसंक्रमण गर्नु पनि यस रोगको संक्रमणबाट बच्ने उत्तम उपाय हो
– कुखुराको मासु राम्ररी पकाएर खाने (कम्तीमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्छ)
– जंगली तथा घरपालुवा पक्षी मरकेो वा बिरामी भएको देखिएमा नजिकको पशुस्वासथ्यकर्मि पशुस्वास्थ्य कार्यालयमा तुरुन्त जानकारी गराउने।
– इन्फ्लुएन्जकाके कुनै पनि शंका लाग्ने बित्तिकै स्वास्थ्य संस्थमा सम्पर्क गर्ने र चिकित्सकको सल्लाह अनुसार गर्ने। चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्ने ।
– मृत पक्षी र तिनीहरुको सुलीबाट टाढा रहने र सुरक्षित रुपमा गाड्ने प्रबन्ध मिलाउने।