logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

नर्सहरुको माग सम्बोधन गर्नु भन्दा उल्टै प्रहरी बोलाएर यातना दिएको भन्दै आमरण अनशन शुरु


  • राजनीति
  • शनिबार, बैशाख २८ २०७६

भक्तपुर– नर्सहरुले आजदेखि आमरण अनशन शुरु गरेका छन् । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुले नर्सहरुको माग सम्बोधन गर्नुभन्दा उल्टै प्रहरी बोलाएर यातना दिएको भन्दै आजदेखि आमरण अनशन शुरु गरेका हुन।

विभिन्न माग राख्दै आन्दोलन शुरु गरेको १६औँ दिनसम्म पनि नर्सहरुको माग सम्बोधन नगरेको भन्दै केन्द्रका नर्सहरुले सञ्चालन गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आजदेखि पोखराकी नर्स जीता बरालले लाजिम्पाटस्थित नर्सिङ सङ्घको भवन र मानव अङ्ग प्रत्यारोपण केन्द्रमै कार्यरत नर्स डिकी शेर्पाले केन्द्रकै भवनमा प्रेस विज्ञप्ति जारी गर्दै आमरण अनशन शुरु गरेका हुन् ।

नेपाल नर्सिङ सङ्घकी आजीवन सदस्यसमेत रहेकी नर्स जीताले अन्यायमा परेका नर्सहरुको मागलाई समर्थन गर्न आमरण अनशन शुरु गरेको बताउँदै माग पूरा नभए मे १२ मा मनाइने नर्सिङ दिवसको कुनै औचित्य नरहने बताइन् ।

केन्द्र सञ्चालनमा आएदेखि कार्यरत नर्सहरुलाई प्राथमिकतामा राखेर स्थायी गरिनुपर्ने, अनुभव हेरेर बढुवा गर्नुपर्ने, जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर अनशन शुरु गरेको अनशनमा रहेकी शेर्पाले बताइन् ।

आन्दोलनरत नर्सहरुले केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठको ज्यादती अन्त्य हुनुपर्ने र नर्सहरुले राखेका मागहरु तत्काल पूरा गर्नुपर्ने माग गर्दै स्वास्थ्य मन्त्रालयमा समेत दबाब दिइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार