राजनीति
कतिपय मानिसहरुले अहिले सम्म पनि सुन्नु भएको छैन होला प्याजको पनि चिया हुन्छ भनेर हामिलाई लाग्छ दूधको मात्र चिया बन्छ तर होईन धेरै रोगको उपचारको लागि प्याजको चिया अति उत्तम मानिन्छ । तर प्याजको चिया मानव स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । प्याजको चियाले तौल घटाउनुका साथै मधुमेहको समस्यालाई पनि न्यूनिकरण गर्दछ । यसको चिया भने बोक्राबाट बनाउन सकिन्छ ।
यसको सेवन गर्नाले शरीरमा रगतलाई जम्न दिँदैन जसबाट हाइपरटेन्सनको खतरा हुँदैन । यसलाई प्रतेक दिनमा एकपटक पिउदा फरक अनुभूति गर्न सकिन्छ । प्याजले क्यान्सरको सेल्सलाई बढ्न दिँदैन प्याजको बोक्राले ग्लूकोज रेस्पोन्सलाई बढोत्तरी गरेर इन्सुलिन बढाउँदै टाइप टु डाइबेटिजबाट समेत सञ्चो बनाउँछ ।
प्याजको चिया बनाउनको लागि पानी उमाल्ने र त्यसमा प्याजको टुक्राहरु हाल्ने उम्लिएको पानीमा कागतीको रस र ग्रीन चियाको ब्याग राख्ने यसलाई पानी राम्रोसँग उम्लिएपछि छानेर मह मिलाएर पिउन सकिन्छ । प्याजको चिया दिनमा नियमित एक पटक पिउनाले विभिन्न रोगबाट बच्न सकिन्छ ।