logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अमिलो पानी आउने, पेट फुल्ने, छात्ती पोल्छ ? अब यस्तो गर्नुस आराम मिल्नेछ


  • राजनीति
  • शुक्रबार, जेष्ठ १७ २०७६

तपाईलाई पेट फुल्ने,अमिलो पानी आउने, खाना नरुच्ने समस्या देखियो ? यस्तो अवस्थमा डर लाग्ने, आत्तिने, बैचैनी बढ्ने गरको छ ? यदि यस्तो समस्या छ भने तपाईलाई अम्लपित्त भएको हुनसक्छ । अम्लपित्तको समस्या बढ्दै गएमा मानिसहरुमा उदास हुने गर्छन् । अम्लपित्त भनेको ग्यास्ट्रि ग्ल्यान्डले खाना पचाउनका लागि ग्यास्टिक रस निष्कासन गर्दा रस बढी निष्कासन भएमा पेटमा बढी एसिड जम्मा भइ अम्लपित्त हुन्छ । यसलाई चिकित्सकीय भाषमा एसिडिटी भनिन्छ ।

अम्लपित्तको लक्षण हुन्छ हेर्नुहोस् :

–पेट, छाती र घाँटीमा जलन हुनु,

–अमिलो डकार आउनु,

–कहिलेकाहीँ उल्टी हुनु,

–मुखमा अमिलो र तीतो पानी आउनु,

–अपच हुनु,

–शरीर तातो हुनु,

–भोक कम लाग्नु वा बढी लाग्नु,

–टाउको

–जीउ दुख्नु,

–हातखुट्टा पोल्नु,

–चक्कर लाग्नु,

–बेचैनी, चिन्ता, क्रोध तथा चिडचिडेपन बढ्नु,

–राम्रोसँग निद्रा नपर्नु, थकाइ लाग्नु,

– डरलाग्दा सपना देख्नु ।

यस्ता लक्षण देखिएमा समयमै उपचार गराउनु पर्छ । अम्लपित्तको समयमै उपचार नभएमा इसोफेजेटिज, ग्यास्ट्राइटिज, पेप्टिक अल्सर, ग्यास्ट्रिक तथा इसोफेजियल क्यान्सर हुने सम्भावना हुन्छ ।

अम्लपित्तको घरेलु उपचार यसरी गर्नुहोस् :

–जीरा र धनियाँको धूलोलाई पानीमा हालेर उमाल्ने र चिसो भएपछि छानेर पिउने,

–हरेक बिहान आधा गिलास दूधमा आधा गिलास पानी र एक चम्चा जति मिश्री मिलाएर बनाएको लस्सी पिउने,

–एक चम्चा अमलाको रस, एक चौथाइ चम्चा भुटेर कुटेको जीराको धूलो, आधा चम्चा धनियाँको धूलो तथा अलिकति मिश्री मिलाएर दिनको एक पटक खानापछि खाने ।

हामीले यो विभिन्न अनलाईनको समाचारको सहायताले जानकारी प्रदान गरेका हौं । यस्ता लक्षण देखिएमा चिकित्सकको मा जानु उपयुक्त हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार