logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

डिप्रेशनको होला जस्तो छ ? बिहान चाडो उठ्नुहोस यस्तो फाइदा


  • एजेन्सी
  • बुधबार, असार ११ २०७६

एजेन्सी- विहान चाँडाे उठ्ने हाे भने डिप्रेसनकाे सम्भावना कम हुने एक अध्ययनले निष्कर्ष निकालेकाे छ । काेलाेराडाेकाे बाेल्डर विश्वविद्यालयमा गरिएकाे अध्ययनका प्रमुख सेलिन वेटरले भनेका छन्- विहान छिटाे उठ्नु अत्यन्त फाइदाजनक छ, याे कुरा जाे काेहीले विहान छिटाे उठेर पनि महसुस गर्न सक्छन् ।

उनले थपेका छन्, ‘अध्ययनबाट हामीलाई थाहा भयाे, जाे मानिस राती अबेर सुत्छन् उनीहरुमा डिप्रेसनकाे समस्या बढी देखिन्छ ।’

अनियमित निद्रा

शाेधकर्ताहरुका अनुसार राती अबेर सुत्नेहरुकाे विवाह हुने सम्भावना पनि अत्यन्त कम हुन्छ । यसले गर्दा राती अबेर सुत्नेहरुले एक्लाे जीवन बिताउने सम्भावना बढ्न थाल्छ । यसले गर्दा धूमपान गर्नेहरुकाे तथा सुत्ने समय नियमित नहुनेहरुमा डिप्रेसनकाे समस्या बढ्न थाल्छ ।

३२ हजार नर्समा भएकाे थियाे अध्ययन

साइकेट्रिक रिसर्च नामकाे जर्नलमा प्रकाशन भएकाे याे अध्ययन ३२ हजार नर्सहरुमा गरिएकाे थियाे । उनीहरुकाे समय र उनीहरु सुत्ने समयलाई लिएर याे अध्ययन गरिएकाे थियाे । अध्ययनमा सामेल भएका नर्सहरुमा सुत्ने र उठ्ने समय दिनदिनै फेरिने भएकाले उनीहरुमा डिप्रेसन देखिएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार