वैज्ञानिकहरूका अनुसार काउकुती लगाउँदा शरीर खुम्चिन्छ । अनि हाड कम भएका अंगमा बढी काउकुती लाग्छ, जस्तो पेट र पाइताला । खासमा हाम्रो शरीरका केही हर्मोन्स र संवेदनशीलताका कारण काउकुती लाग्छ । हाम्रो छालाको सबभन्दा बाहिरी पत्रलाई एपिडर्मिस भनिन्छ र त्यो कैयौं नसाहरूसँग जोडिएको हुन्छ ।
अनि कसैले हाम्रो छालालाई छुँदा त्यसको सन्देश हाम्रो मस्तिष्कमा पुग्छ र उसले यो स्पर्शको विश्लेषण गर्छ । वैज्ञानिकहरूका अनुसार काउकुती लाग्दा मानिसको दिमागको त्यही भाग सक्रिय हुन्छ जसले व्यक्तिलाई पीडाको पनि सूचना दिने गर्छ । त्यसैले काउकुती लगाउँदा मस्तिष्कले शरीरलाई पहिल्यै सतर्क गरिदिन्छ ।
कुनै व्यक्ति एकदमै रिसाएको बेलामा उसलाई काउकुती कम लाग्छ र लागेपनि हाँसो उठ्दैन । काउकुती दुई थरीका हुन्छन्, निसमेसिस र गार्गालेसिस । निसमेसिसमा शरीरमा हलुका स्पर्श हुँदा पनि छालाले मस्तिष्कलाई तत्कालै सन्देश पु–याउँछ । गार्गालेसिसमा चाहिँ पेट, कोखा र गलामा औंलाले छुँदा काउकुती लागेर हाँसो छुट्छ