logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लामखुट्टे ले टाेक्दा किन चिलाउछ ? यसकाे असर के हुन्छ ?


  • राजनीति
  • आइतबार, भाद्र २२ २०७६

पछिल्लो समयमा लामखुट्टेको टोकाइका कारण देखिएका नयाँ नयाँ रोगका कारण लामखुट्टेको चर्चा बढी थालेको छ। लामखुट्टेले विभिन्न रोग फैलाउने त छँदैछ यसबाहेक यस्को टोकाईपछि हुने चिलाई झनै दिक्कलाग्दो पक्ष हो।

लामखुट्टेले टोक्दा शरिरको बाह्य छाला छेड्छ र परालको त्यान्द्रो जस्तो उसको मुख वा सुँडले रगत चुस्छ। यस पक्रियामा लामखुट्टेले आफ्नो थुक जस्तो पर्दाथ (स्लाभिया) टोकेको ठाँउमा फालिदिन्छ। लामखुट्टेको थुक वा र्‍यालमा एकप्रकारको औषधि हुन्छ जसले टोकेको वरपरको रगत जम्नबाट रोक्छ र झिंगालाई नियन्त्रणमा लिन्छ।

‘तपाईको प्रतिरोधी प्रणालीले लामखुट्टेको थुकको प्रोटिनलाई नयाँ चीजको रुपमा पहिचान गर्छ र हिस्टामाइन नामक तत्व निस्काशन गर्छ,’ युनिर्भसिटी अफ फलोरिडाका प्राध्यापक भेरो बिच भन्छन्। यही हिस्टामाइनको प्रतिकृयाले शरिरमा चिलाउने उनी बताउँछन्। हिस्टामाइनले टोकेको ठाउको रगत नलीलाई ठूलो र टोकेको ठाँउमा सुनिएको देखाउँछ।

सबै मानिसले लामखुट्टेको टोकाईप्रति प्रतिकृया जनाउँदैनन्। कतिपय वयस्यकले यसको खासै प्रतिकृया जनाउँदैनन्। आफूलाई टोकिएकोबारेमा समेत उनीहरुले थाहा पाउँदैनन्। ‘कतिपय बयस्क आफ्नो घरवरपरको लामखुट्टेप्रति बानी परेका हुन्छन्। तसर्थ लामखुट्टेले टोक्दा बालबालिकाले जस्तै प्रतिकृया जनाउदैनन्,’ उनी भन्छन्।

जिका फैलाउने एइडेस लामखुट्टेले दिउसभर अन्य खानेकुरा खाने र बिहान सबेरै तथा साँझमा टोक्ने उनी बताउँछन्। तर उनीहरुको टोकाइबाट कुनै प्रतिकृया हुँदैन। जीका प्रभावित मुलुकहरुमा लामखुट्टेको टोकाइबाट बच्न गर्भवती महिलालाई लामो बाहुला भएका लुगा र पाइन्ट लगाउन प्रभावित देशका स्वास्थ्य अधिकारीहरुले आग्रह गरेका छन्।

‘एइडेस लामखुट्टेको टोकाईको चाल मानिसहरुले त्यति थाहा पाउदैनन्। किनकी यसले पछाडिबाट आएर मानिसको जोर्नी र आँखीभौमा टोक्ने गर्छ,’ अमेरिकाको रोक नियन्त्रण तथा रोकथाम केन्द्रका प्रवत्ता बेन्जामिन हेन्स बताउँछन्। यो लामखुट्टे दिउसभर सक्रीय भए पनि प्रभावित क्षेत्रमा यसले राती पनि आक्रमण गर्छ। यसले विशेषगरी घरभित्र बस्ने मानिसलाई टोक्न रुचाउने उनी भन्छन्।

बृद्ध हुदै गएपछि केही मानिस लामखुट्टेको टोकाईप्रति बढी सम्बेदनशिल हुने गरेको उनी बताउँछन्। लामखाुट्टेको टोकाईले केही बृद्धबृद्धामा खतरनाक एलर्जी उत्पन्न हुने गरेका छन्।

पोथी लामखुट्टेले मात्र टोक्ने गर्छ। उसले अन्डा पार्नका लागि टोको ठाँउमा निस्कने रगतबाट पोषक तत्व लिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार