logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बाबुराम पत्नी हिसिला सडक दुर्घटनामा परि घाइते


  • राजनीति
  • सोमबार, भाद्र २३ २०७६

समाजवादी पार्टी नेपालकी नेता हिसिला यमी मोटरसाइकल दुर्घटनामा घाइते भएकी छिन् । आइतबार साँझ उनी चढेको मोटरसाइकल ललितपुरमा दुर्घटना हुँदा घाइते भएकी हुन् ।

यमी मोटरसाइकलको पछाडि थिइन् । घाइते यमीलाई उपचारका लागि बी एन्ड बी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकको निगरानीमा २४ घन्टाका लागि राखिने भएको छ । यमीको अवस्था खतरामुक्त रहेपनि हड्डीमा चोट लागेको हुनसक्ने भन्दै चेकजाँचकालागि राखिएको बताइएको छ । यमीलाई भेट्न साँझ नै समाजवादी पार्टीका नेताहरु अस्पताल पुगेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार