logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

यौ’न तृप्ति मेट्न साइबर से’क्स, डरलाग्दा परिणाम


  • डा. दिनेश बाँस्तोला ।
  • मंगलबार, भाद्र ३१ २०७६

हिजोको परिस्थितिमा यौ’न सम्बन्ध असहज थियो। अहिले यौ’न जोडीलाई आफू अनुकूलको यौ’न चाहना पूरा गर्ने माध्यम सहज छ। त्यति मात्रै हैन, यौ’न जोडी नपाएको–नभएको अवस्थामा यौ’न आनन्द लिन से’क्स टोय बजारमा सहजै पाइन्छ भने यौ’नसम्बन्धी भिडियो, तस्बिरसमेत सहज छ।

साइबर से’क्स
सूचना प्रविधिको विकाससँगै यौ’न जोडी आफूसँग नहुँदा साइबर से’क्सको अभ्यास बढिरहेको देखिन्छ। सामान्यतः अनलाइनमार्फत पोर्नोग्राफी एक्सचेन्ज, प्रत्यक्ष रुपमा यौ’नाङ्ग देखाएर तथा मल्टिमिडियामार्फत साइबर से’क्स हुने गरेको पाइन्छ।

अप्रत्यक्ष रुपमा यौ’न तृप्ति मेट्न साइबर से’क्स प्रभावकारी देखिए पनि यसका नकारात्मक पाटासमेत छन्। साइबर से’क्सको लतमा परेका व्यक्तिलाई वास्तविक यौ’न सम्पर्कको समयमा हीनताबोध हुने, चिटचिटाहट हुने तथा रिस उठ्नेजस्तो समस्या देखिन सक्छ। अभौतिक यौ’न गतिविधिमा रमाउँदा वास्तविक यौ’न जोडीबीच भावना नमिल्ने जोखिम हुनसक्छ। वास्तविक यौ’न जोडीसँग यौ’न सम्बन्ध राख्न मन नलाग्ने, यौ’न सम्पर्क गर्दा यौ’न आनन्द लिन नसक्ने समस्या हुनसक्छ।

सकारात्मक पक्ष
वास्तविक यौ’न जोडी प्रत्यक्ष उपलब्ध नहुँदा यौ’न जोडीको भिडियो तथा तस्बिर हेरेर यौ’न क्रियाकलाप गरी यौ’न तृप्ति मेटाउनुलाई एक हिसाबले सकारात्मक रुपमा लिन सकिन्छ। यस्तो यौ’न गतिविधिले क्षणिक यौ’न आवेगलाई शान्त पार्ने गर्छ र यो एउटा राम्रो उपायका रुपमा लिन सकिन्छ।

प्रविधिका कारण आफूसँग यौ’न जोडी नभएको अवस्थामा यस्तो किसिमको यौ’न अभ्यास गर्न सकिन्छ। यौ’न जोडीको तस्बिर तथा भिडियो हेरेर गरिने यौ’न अभ्यासले यौ’न अपराध कम गर्न सक्छ।

यौ’न जोडीका यौ’नाङ्ग, न’ग्न शरीरको भिडियो तथा फोटो हेर्दै यौ’न क्रियाकलाप गर्दा कतिपय यौ’न रोगबाट भने बच्न सकिन्छ। यो सकारात्मक पाटो हो।

नकारात्मक पक्ष
यसरी यौ’न जोडीको तस्बिर तथा भिडियो हेर्दै गरिने यौ’न क्रियाकलाप प्राकृतिक भने हैन। एक त वास्तविक तथा प्रत्यक्ष रुपमा यौ’न जोडीसँग रहेर यौ’न क्रियाकलाप गर्दा एक अर्काबीच जोडीको यौ’नाङ्गको स्पर्श, शरीरको स्पर्श, चुम्बन, हेराई तथा कामवासना अभिव्यक्त हुन्छ। पुरुषले महिला यौ’न जोडीको स्तनमा हात पुर्याउनु तथा महिलाले पुरुषको टाउकामा हात राख्नु भनेको यौ’न जोडी बीचको माया, ममता, प्रेमको संकेत हो।

तस्बिर वा भिडियो हेर्दै यौ’न क्रियाकलाप गर्दा भने प्रत्यक्ष रुपमा यौ’न जोडीसँग गरिने यौ’न क्रियाकलाप जस्तो आनन्द हुन्न। निरन्तर यौ’न जोडीको यौ’नाङ्ग लगायतको तस्बिर तथा भिडियो हेर्दै यौ’न क्रियाकलाप गर्ने बानी परेको खण्डमा शारीरिक रुपमा प्रत्यक्ष भेटेर वास्तविक यौन जोडीसँग यौ’न आनन्द लिन समस्या देखिनसक्छ।

यसरी यौ’न जोडीको भिडियो तथा फोटो हेर्दै व्यक्तिले यौ’न क्रियाकलाप गर्ने बानी प(यो भने त्यस्तो व्यक्तिको यौ’नजन्य घटना र पारिवारिक कलह, सम्बन्ध विच्छेदजस्ता समस्या निम्तिने जोखिम हुन्छ।

व्यक्तिले यौ’नको खोजी गर्ने प्रवृत्ति आवश्यकता भए पनि यौ’नका विभिन्न उपाय तथा यौ’न जोडी रोज्ने प्रवृत्ति भने लत हो। यौ’नको विभिन्न उपाय अपनाउने लत परेका व्यक्तिको यौ’न सन्तुष्टि लिने विभिन्न उपाय अपनाएर यौ’न तृप्ति मेटाउन सक्छन्। यस्तो व्यवहार गर्दा व्यक्तिमा शारीरिक तथा मानसिक रुपमा नकारात्मक प्रभाव पर्न जान्छ। जुन दुर्भाग्यपूर्ण हुन जान्छ।

वास्तविक र काल्पनिक जीवनमा आकाश–पातालको फरक छ। यसरी यौ’न जोडीको तस्बिर तथा भिडियो हेरेर कल्पनामा डुबी यौ’न सन्तुष्टि लिने लत परेका व्यक्ति सामान्य अवस्थामा फर्कन निकै कठिन हुन्छ।

यौ’न सम्पर्कको समयमा मन, वचन र कर्मले यौ’न जोडीमा समर्पण भाव हुन आवश्यक हुन्छ तर तस्बिर तथा भिडियो हेरेर यौ’न गर्नाले मन, वचन र कर्मले यौ’न जोडी सँगै भएजस्तो हुन्न।

तस्बिर तथा भिडियो हेर्दै यौ’न क्रियाकलाप गर्ने बानी परेको व्यक्ति वास्तविक यौ’न जोडीसँग यौ’न सम्पर्क गर्दा कामोत्तेजनामा पुग्न मुस्किल पर्छ। यस्तो लत बसेको व्यक्तिमा भावनात्मकता पनि नहुँदा यौ’न जोडीमा कटुता उत्पन्न हुन सक्छ। वास्तविक जोडिसँगको यौ’नमा डुब्न मुस्किल पर्छ।

त्यस्ता यौ’न जोडीमा शारीरिक रुपमा यौ’न सन्तुष्टि भए पनि मानसिक रुपमा भने जोडी एकीकृत हुन नसक्दा यौ’न सन्तुष्टि नमिल्ने जोखिम बढी हुन्छ। त्यसैले क्षणिक यौ’न आवेग शान्त पार्न, यौ’न शिक्षा र जिज्ञासा मेटाउन साइबर यौ’न गतिविधिमा संलग्न भए पनि लत बसाउनु हुन्न।

दुरुपयोगको जोखिम
प्रविधि, सञ्चार माध्यम तथा तथा सामाजिक सञ्जालको दुरुपयोग गरेर यौ’न जोडीले आफ्ना यौ’नाङ्ग तथा शरीरको नग्न तस्बिर र भिडियो अर्को यौ’न जोडीलाई पठाउँदा एक त त्यस्तो सामग्री पाउने व्यक्तिले नै दुरुपयोग गरी अरुलाई सेयर गर्ने जोखिम हुन्छ।

आफ्नो गोप्य यौ’नाङ्गको तस्बिर तथा भिडियो दुरुपयोग भएर बाहिरिँदा व्यक्ति एक्कासि आश्चर्यचकित भएर त्यस्तो व्यक्तिको मनस्थिति नै सन्तुलन भन्दा बाहिर जाने जोखिम हुन्छ।

मनस्थिति असन्तुलित हुँदा आफ्नो जीवनै अन्धकार देखेपछि व्यक्ति चिन्तित र उदासिन हुन्छ। यस्तो अवस्थामा आफू असहाय भएको महसुस गरी व्यक्तिले जीवनै अन्त्यसमेत गर्ने जोखिम हुन्छ। यस्तो समस्या बेला बखत हामीले सुन्दै (देखेको हुन सक्छौँ) आएका छौँ। त्यसैले यौ’न जोडीलाई तस्बिर तथा भिडियो पठाएर यौ’नतृप्ति मेट्ने वा मेट्न सहयोग गर्ने व्यवहार गर्नु हुन्न। जीवन बर्बाद हुनबाट बचाउनु नै बुद्धिमानी हो।

माया, प्रेम, ममता, सद्भाव र यौ’नलाई हामीले संकुचित रुपमा लिनु हुन्न। हामीले यौ’नजस्तो तौरतरिका गोप्य राख्यौँ। फलस्वरुप सामाजिक सञ्जाल दिनानुदिन यौ’नको मामलामा दुरुपयोग हुँदैछ। विशेषगरी सामाजिक सञ्जाल सजिलो भएकाले यसको दुरुपयोग भई व्यक्ति साइबर से’क्सको लतमा फस्ने जोखिम कम छैन।

शुक्रबार साप्ताहिक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार