राजनीति
दुई साता देखि विभिन्न माग राख्दै आन्दोलन गरिरहेका
चितवन मेडिकल कलेजमा देखिएको शुल्क विवाद तत्कालका लागि समाधान भएको छ । चितवन मेडिकल कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क बढीमा ३० दिनभित्र फिर्ता गर्ने सहमती भएको हो ।
आज विहानदेखि जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा शुल्क फिर्ता गर्ने अथवा समायोजन गर्ने सहमती भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । उनले भोलीदेखि नै विद्यार्थीको आन्दोलन स्थाथित हुने र पठनपाठन सूचारु हुने बताए ।
मेडिकल कलेजका सञ्चालक हरीश न्यौपाने, आन्दोलनरत विद्यार्थीको तर्फबाट प्रकाश चन्द, अभिभावक र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगाएतबीच जिल्ला प्रशासन कार्यालय चितवनमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म बार्ता चलेको थियो ।
सरकारले तोकेभन्दा धेरै शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनका कारण १९ दिनदेखि पठनपाठन ठप्प छ । कलेजको २६ वटा संकायमा दुई हजार विद्यार्थी अध्ययनरत छन् ।
कलेजले, सरकारले तोकेभन्दा १२ देखि १५ लाख रुपैयाँसम्म बढी रकम लिने गरेको र त्यो रकम तत्काल फिर्ता हुनुपर्ने विद्यार्थीको माग छ । तर अस्पतालका सञ्चालक हरीश न्यौपानेले भने सरकारले भनेभन्दा बढी रकम नलिएको बताउँदै आएका थिए ।
चिकित्सा शास्त्र अध्ययन सस्थान आईओएमले एमबीबीएसका लागि शैक्षिक शुल्क ४२ लाख रुपैयाँ तोकेको र अन्य परीक्षणलगायतका केही शुल्क पारदर्शी रुपमा नै लिएको उनको भनाई छ ।
त्यस्तै शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो भने विप्लव नेतृत्वको नेकपाका प्रवक्ताले हिजै बिज्ञप्ती जारी गर्दै बिधार्थीका माथ सम्बाेधन नगरे आफ्नाे पार्टी ले हस्तक्षेप गर्ने चेतावनी दिएका थिए ।