logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

महरा अस्पताल भर्ना रिपोर्टको प्रतिक्षामा अस्पताल


  • राजनीति
  • बिहिबार, असोज २३ २०७६

केहि दिन अगाडी गिरफ्तार भएका निर्वतमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । प्रेसरको समस्या देखिएपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

प्रेसरमा समस्या देखिएपछि महरालाई अस्पताल भर्ना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रमुख एसएसपी उत्तमराज सुवेदीले पुष्टि गरे ।

अस्पताल स्रोतका अनुसार उच्च रक्तचापको समस्या देखिएपछि उनलाई यतिबेला कार्डियाक टोलीले उपचार गरिरहेको छ । भोलि रिपोर्ट आएपछि मात्र उनको स्वास्थ्य अवस्थाबारे थप विवरण थाहा हुने अस्पतालको भनाइ छ ।

संसद सचिवालयका कर्मचारीमाथि ब’लात्कारको प्रयास गरेको आरोपमा मह’रालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार