logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखराका २ औषधि पसलमा चर्को मूल्यमा मास्क बेचेको पाए पछी ताला


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, फाल्गुन २३ २०७६

पोखरा – पोखराका २ औषधि पसलमा चर्को मूल्यमा मास्क बेचेको पाए पछी ताला लगाइएको छ .  हस्पिटल चोकको परी फार्मेसी र महेन्द्रपुलको स्याङ्जा औषधि पसललाई अनुगमनको क्रममा  चर्को मूल्यमा मास्क बेचेको पाए पछी तालाबन्दी गरिएको हो । जिल्ला प्रशासन, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयलगायत प्रादेशिक निकाय र सरोकारवालाको संयुक्त बजार अनुगमनका क्रममा यी दुई पसलमा तालाबन्दी गरिएको हो ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्माले  बताए अनुसार परीले १० रुपैयाँ मूल्यको मास्कलाई ३० रुपैयाँमा बिक्री गरेको तर बिल पनि नदिएको पाइएपछि बन्द गरिएको बताए।

यसैगरी १ सय रुपैयाँमा पाइने मास्क साढे ४ सयमा बेचिरहेको अवस्थामा स्याङ्जा फार्मेसीले खरिद बिल पनि नदेखाएपछि बन्द गरिएको हो। अनुगमन टोलीले हस्पिटल चोकको निर्देश फर्माबाट एकसय थान मास्क जफत पनि गरेको छ। पसलमा मास्क भए पनि चिनेजानेकालाई मात्र बिक्री गर्दै आएको पाएपछि कारबाहीस्वरुप जफत गरिएको हो।

सबै औषधि पसललाई शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थितिका लागि बोलाइएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए। ‘सबै विवरण बुझेपछि कानुन अनुसार कारबाही प्रक्रियामा जान्छौं,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार