logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

काेराेनाबाट ज्या’न गुमाउनेकाे संख्या ५ हजार ११७ पुग्याे, हेर्नुस् ताजा अपडेट


  • राजनीति
  • शनिबार, चैत्र १ २०७६

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट ज्या’न गुमा\उनेको सङ्ख्या शुक्रबार पाँच हजार ११७ पुगेको छ।

 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला एक सय ३३ देशमा फैलिसकेको छ । हालसम्म एक लाख ३९ हजार ८४ जनामा कोरोना भाइ’रसको स’ङ्क्र’मण देखिएको छ ।

 

हालसम्म सबैभन्दा बढी चीनमा तीन हजार १७७ जनाको उक्त भाइरसको सङ्क्रमणबाट मृ’त्यु भएकोे एएफपीले विश्व स्वास्थ्य सङ्गठन तथा स’ङ्क्रमण फैलिएका मुलुकका अधिकारीले दिएको तथ्याङ्कमा छ ।

 

अहिलेसम्म इटालीमा एक हजार १६, इरानमा पाँच सय १४, दक्षिण कोरियामा ७१, स्पेनमा १२० र फ्रान्समा ६१ जनाले कोरोनाको सङ्क्रमणबाट ज्या’न गुमा’एका छन् । कोरोनाका कारण अमेरिकामा पनि ४१ जनाको मृत्यु भएको छ भने एक हजार ८०० भन्दा बढी व्यक्तिमा स’ङ्क्र’मण पुष्टि भएको छ ।

 

पछिल्लो समय कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको स’ङक्रमण दर घटेर एक अङ्कमा पुगेको छ अर्थात् विगत दुई तीन दिनदेखि स’ङ्क्रमितको सङ्ख्या १० भन्दा कम रहने गरेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार