logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

शक्तिशाली जडीबुटी, जसले भाइरलसँग लड्न सहयोग गर्छ


  • पत्रपत्रिका
  • शनिबार, चैत्र १ २०७६

आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ ।

वैद्यखानाका वरिष्ठ चिकित्सक तथा प्रबन्ध निर्देशक वंशदीप शर्माले बजारमा पाइने अनेक ब्रान्डका औषधिको भरपर्नुभन्दा घरमै उपलब्ध जडीबुटीले मानिसमा प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउन सक्ने प्रस्ट्याए । पूर्वीय सभ्यताबाट निर्दे्शित आम नेपालीका घरमा विविध जडीबुटी पाइने भए पनि त्यसको सही उपयोग गर्ने बानी छैन ।

चिकित्सक शर्माका अनुसार गाउँघरतिर प्रयोग हुने जडीबुटीको प्रयोगमा चेतना जगाउनुपर्छ । उहाँले सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाइको पात, कालो जिरा, बेसार लगायत स्थानीय रूपमा पाइने जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सक्ने उनले बताए ।

शर्माले आँगनमै उपलब्ध तुलसीको पातसँग असुरो पात, थोरै बेसारका साथमा एक टुक्रा चन्दनको टुक्रा मिसाएर घरमै उमालेर बिहान बेलुका एक÷एक कप खाने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढ्छ, जुन ताजा हुन्छ र त्यसले दिने शक्ति शरीरले सहजै लिने जानकारी सुनाउनुभयो । यदि भाइरल लागिसकेको अवस्था छ भने पनि त्यसले भाइरलको मात्रा घटाउन ठूलो मद्दत गर्छ । यो समाचार आजको राजधानी दैनिकमा छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार