logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

धनगढीमा काेराेनाकाे आशंका मा ३ जना अस्पताल भर्ना


  • राजनीति
  • शनिबार, चैत्र ८ २०७६

कैलालीको सेती अञ्चल अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई धनगढीको
सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले बताए ।

तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको उनले जानकारी दिए ।

उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा. जोशीले जानकारी दिए ।

उनीहरूको रिपोर्ट सोमबार रिर्पोट आउने डा. जोशीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार