logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आफूलाई जेल हाल्न चुनौती दिदै डा. दिक्षितले भने- नेपालमा कोरोना भाइरस आएको छ (भिडियोसहित)


  • राजनीति
  • आइतबार, चैत्र ९ २०७६

वरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले आफूलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । उनले आफूले बोलेको विषयको बचाऊ गर्दै त्यसमा अडिक रहेको समेत बताए ।

‘सरकारले जुन तथ्यांकका आधारमा नेपालमा कोरोना भाइरस छैन भनेको छ म त्यहीं तथ्यांकका आधारमा कोरोना भाइरस छ भन्छु,’ डा. दिक्षितले प्राइम टाम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा भने, ‘ममाथि बयान लिए हुन्छ कारबाही गरे हुन्छ तर जे हो त्यही भन्छु ।’

तपाईं अफवाह फैलाउने भन्दै ऋषि धमलाको प्रश्नमा उनले भने, ‘अफवाह होइन आँखा खोल भनेको हुँ ।’ नेपालमा कोरोना भाइरसको जोखिमबाट समयमै बच्न आवश्यक रहेको भन्दै अवस्थाको सही जानकारी लिएर बढ्नुपर्ने बताए । चीन, भारत, बँगलादेश, पाकिस्तान जस्ता नजिकका देशमा रहेको नेपालमा कोरोना भाइरस ज्वालामुखी बन्न सक्ने खतरा औल्याए । उनले भने, ‘यो युद्ध हो, नदेखिने शक्तिबाट आक्रमण भएको छ, यसले असर देखाउँछ ।’

https://youtu.be/8fVUI-5V6CM

 

सरकारसँग आवश्यक पैसा भएको भन्दै सही ठाउँमा खर्च गर्नुपर्ने बताए । उनले भने, ‘पैसा तत्काल खर्च गरेर बचाउनुपर्यो ।’ सरकारमा बसेकाहरु कोरोना भाइरसको जोखिम तत्काल रोक्न दुई महिना देखि आँखा चिम्लिएर बसेको बताए ।

 

रिपोर्टस नेपाल बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार