logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

क्वारेन्टाइनमा बसेको दुई सय बढी पर्खाल भत्काएर भागे


  • राजनीति
  • सोमबार, चैत्र १० २०७६

नेपालगन्ज स्थसत महेन्द्र बहुमुखी क्याम्पसमा  क्वारेन्टाइन मा बसेेेका भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेको दुई सय बढी पर्खाल भत्काएर भागेका छन् । नेपालगन्जको महेन्द्र बहूमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका उनीहरू दिउँसोको समयमा पर्खाल भत्काएर तथा नाघेर भागेका हुन ।

स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा राखिएका उनीहरू पश्चिमतर्फको पर्खाल भत्काएर भागेका हुन । अहिले पर्खाल नाघेर जान नसक्ने बृद्धबृद्धामात्रै क्वारेन्टाइनमा छन् ।

जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको थियो। क्‍वारेन्टाइनका लागि छुट्याइएको स्थानमा कुनै सुविधा नभएको र एउटै कोठामा ३०-३५ जनालाई राखिएको भन्दै उनीहरुले।आफूहरुलाई कि त घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भनेर आन्दोलन गरेका थिए। उनीहरुमध्ये केही हिजैदेखि केही नखाएका पनि थिए।

क्वारेन्टाइनको अवधिसकिएपछि सवारी साधनको व्यवस्था गर्ने र घरमै पु-याउने तयारी स्थानीय प्रशासनको थियो । तर यसको अवज्ञा गदै पर्खाल भत्काएर भागेपछि अहिले सिमानाकामा आवतजावत गर्न बन्द गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताएका छन् ।

भारतमा संक्रमण फैलिएका बेला नेपाल आएका मानिसहरु क्वारेन्टाईनको पर्खाल समेत भत्काएर भागेपछि यसले नेपालमा समेत कोरोना भाईरसको संक्रमण फैलन सक्ने भन्दै स्थानीयमा त्रास पैदा गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार