logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चितवनमा आइसोलेसनका एकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी


  • राजनीति
  • मंगलबार, चैत्र ११ २०७६

चितवनको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको निधन भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा निधन भएको अस्पतालका उच्च अधिकारीले जानकारी दिए ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।

उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार