logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेना भए उपचार नगर्ने ग्रान्डी र अल्का अस्पताललाई स्पष्टीकरण, जवाफ गैरजिम्मेवार


  • राजनीति
  • बिहिबार, चैत्र १३ २०७६

कोरोना भाइरस शंकास्पद बिरामीलाई उपचार गर्न नचाहेको भन्दै राजधानीका दुई निजी अस्पताललाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण लिएको छ। मन्त्रालयले ग्रान्डी अस्पताल र अल्का अस्पताललाई स्पष्टीकरण सोधेको छ।

ती दुई अस्पतालले विभिन्न सञ्चारमाध्यममा कोरोना भाइरसको उपचार नगरिने खालका अभिव्यक्ति दिएको भन्दै मन्त्रालयले स्पष्टीकरण लिएको हो। ग्रान्डी अस्पतालका प्रमुख चक्रराज पाण्डेले एक टेलिभिजन कार्यक्रममा र अल्काका प्रमुख कुमार थापाले एक अनलाइन सञ्चार माध्यममा त्यस्तो अभिव्यक्ति दिएका थिए।

सोमबार ती दुवै अस्पताललाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो। ग्रान्डीका पाण्डेले मंगलबार मन्त्रालयमा पुगेर लिखित स्पष्टीकरण दिएका छन्।

उपचार गर्न नसक्ने नभई कर्मचारीलाई उक्त उपचारका लागि तालिम नभएको आशयमा आफूले उक्त अभिव्यक्ति दिएको उनले बताएका छन्।

पाण्डेले सरकारले दिएको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ। अल्का अस्पतालले भने मन्त्रालयमा स्पष्टीकरण पठाएको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार